फाल्गुनन्द शाकोसको अध्यक्षमा पुनः लिङ्देन

दमक,६ मंसीर । दमक- १ स्थित हवल्दार चौंकमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः पदम लिम्बू लिङदेन (संकल्प) चयन भएका छन् ।
शुक्रबार दमकस्थित पशुपति सेवा सदनमा सम्पन्न १४औं वार्षिक साधारणसभाबाट आगामी चारवर्षे कार्यकालका लागि लिङदेन निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला सहकारी संघ झापाका सदस्य समेत रहेका उनको संस्थामा यो पाँचौ कार्यकाल हो ।

नौ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा फुलकुमारी नेम्बाङ आङ्देम्बे र सदस्यहरुमा गुमानसिंह सम्बाहाम्फे लिम्बू, खड्ग राई, बुद्धमाया देवान, ज्ञानु फियाक लिम्बू, इन्द्रकुमार शेर्मा, सुरेन्द्र शेर्मा, सागर नेम्बाङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणी ओझाले बताए ।
यसैगरि, लेखा सुरपरिवेक्षण समितिको संयोजकमा वीरबहादुर लावोती र सदस्यद्धयमा रतन फियाक लिम्बू र ऐमानसिंह लाओती सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई निर्वाचन समितिका संयोजक ओझाले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

साधारणसभामा सम्मान तथा पुरस्कार
संस्थाले २८ कार्तिक बिर्तामोडस्थित सहकारी संस्थाको सेवा केन्द्रमा इकाईगत वार्षिक साधारणसभा सुरु गरेको थियो । २ मंसिर मंगलबार शिबसताक्षी नगरपालिकाको झिलझिले , ३ मसिरमा मोरङको उर्लाबारी सेवा केन्द्रमा इकाईगत वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो ।
जिल्ला सहकारी संघ झापाकाअध्यक्ष प्रेमप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा शुक्रवार माइन्युट प्रमाणिकरण गरि औपचारिक रुपमा १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

यसैगरि सभामा ८० वर्ष माथि उमेर पुगेका संस्थाका ज्येष्ठ शेयर सदस्य समेत रहेका संस्थापक अध्यक्ष मेहरमान लिङदेन (दमक) र संस्थापक मेहरमान लाबुङ (उर्लाबारी) लाई दिर्घजीवनको कामना गर्दे ताम्रापत्रका साथ सम्मानित गर्नुका साथैं आजीवनका रुपमा वर्षको तीन हजार पेन्सन भक्ता समेत हस्तान्तरण गरिएको व्यवस्थापक कुवेर तुम्बापोले जनाएका छन् ।
त्यस्तैं, संस्थाको दोश्रो, तेस्रो र चौंथो कार्यकालसम्म सञ्चालक समितिमा रहेर महत्वपूर्ण योगदान पुरयाँएको भन्दै कोषाध्यक्ष संगीता सेरेङ, सञ्चालक कमला योङहाङ, सञ्चालक सुवास आचार्य, लेखा सुपरिवेक्षण समिति सदस्य शक्तिकुमार साँवा, बिर्तामोड सेवा केन्द्र व्यवस्थापन समिति संयोजक चुडामणी अधिकारी, झिलझिले सेवा केन्द्र संयोजक किरण लिङदेन लगायतलाई ताम्रापत्रसहित बिदाई गरिएको थियो । सोहि अवसरमा संस्थामा उत्कृष्ठ कारोवार गर्ने ऋणी ,बचतकर्ता, बाल बचतकर्ताहरुलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरि पुरस्कृत गरिएको थियो ।

सभामा प्रमुख अतिथि कोइराला, विशिष्ट अतिथि तथा निर्वाचन समितिका संयोजक चुडामणी ओझा, शिखा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजबहादुर श्रेष्ठ, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डगेन्द्रसिंह थेगिम लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

वासलात २३ करोड नाघ्यो

संस्थामा १३७० महिला र ११६५ पुरुष गरि २५३८ जना शेयर सदस्यहरु छन् । संस्थाले बिर्तामोड, झिलझिले र उर्लाबारी सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।संस्थामा गएको वर्षसम्म ३ करोड ९८ लाख ५२ हजार ३ सय शेयर पूंजी पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सोहि अवधिमा कोष हिसाबमा २ करोड ८० लाख १९ हजार ७ सय १३, बचततर्फ १५ करोड ५९ लाख ९३ हजार ८९ रुपैया, कर्जा लगानी २० करोड १२ लाख ७९ हजार ८ सय २१ र वासलात २३ करोड ९ लाख ४ हजार ३ सय ७६ रहेको प्रतिवेदनमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.