दमक ,६ मंसीर । जंगली हात्तीको आक्रमणबाट झापाको दमकमा एक जना भुटानी शरणार्थी वृद्धको मृत्युभएको छ ।मृत्युहुनेमा दमक- ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर बी २ हट नम्बर २५२ बस्ने ७२ बर्षिय लालबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिप्रका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालका अनुसार हिजो मंगलवार विहान ११ वजे साईकलमा नजिकैको हम्सेदुम्से सामुदायिक बनमा दाउरा खोज्न गएका उहाँ साँझसम्म घर नर्फिएपछि खोजतलासका क्रममा गएराति ८ वजे जंगलमा हात्तीले लछारपछार कुल्चिएर मारेको अवस्थामा फेला परेका थिए ।शिविरसहित त्यसआसपासमा हात्तीले बेलाबेलामा यसरीनै जनधनको क्षति गराउदैआएको वडाअध्यक्ष नविन बरालले बताए ।
यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ ।स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए ।