
कमल,५ मंसिर । झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्र दर्शन बचत तथा ॠण सहकारी संस्थाले आज आफ्नो ११ औ बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नै सुविधा सम्पन्न केन्द्रिय कार्यालयमा आज एक कार्यक्रम गरि यसवर्षको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सहकारीका अध्यक्ष शान्ताकुमार राई सहित कार्य समिति सदस्यहरु, लेखा सुपरिवेक्षण उपसमितिका संयोजक प्रेमप्रसाद दुलाल सहित बिभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सहकारी संस्थाले गतबर्षको अन्त्यसम्ममा शेयर पूंजी ३ करोड २५ लाख ३६ हजार ५ सय रुपैया पुर्याएको उल्लेख छ । त्यस्तै सहकारीले गएको वर्ष ३३ करोड ७० लाख भन्दा बडीको कारोबार गर्न सफल भएको व्यवस्थापक राजु थापाले बताए ।
सहकारीले आफना सदस्यहरुका सुविधाका लागि मुख्य कार्यालयसहित झापाको कमल ३ स्थित केर्खा बजार र गौरादह वजारमा सेवा केन्द्र सञ्चालित छ । सहकारीमा हाल २०६७ जना शेयर सदस्यहरु रहेका छन् ।