कमलमा पालिकास्तरिय भलिवल प्रतियोगिता हुने

कमल ,४ मंसिर। कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । यहि मंसिर १४ गते देखी १६ गते सम्म पालिकास्तरिय हुने भलिवल प्रतियोगितामा जिल्लाका १५ वटा पालिकाले सहभागिता जनाउने कमल गाउँपालिका शिक्षा शाखा प्रमुख समेत रहेका प्रतियोगिता सम्पन्न गर्न गठित मूल आयोजक समितिका सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले जानकारी दिए।आयोजक समितिले आज कमल ५ स्थित रोडस्टार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारे उक्त जानकारी गराएको हो ।
प्रतियोगिता कमल गाउँपालिका वडा नम्वर ३ स्थित खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने पालिकालाई १ एकलाख १ हजार तथा द्वतिय हुने पालिकालाई ५१ हजार रुपैया का साथै ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने कमल गाउँपलिका खेलकुद विकास समितका संयोजक तथा वडा नम्वर ४ का वडा सदस्य चतुर्भुज सुवेदीले जानकारी दिए । प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । पत्रकार सम्मेलनमा समितिका सहसंयोजक तेजकुमार राई, सदस्य सुदिप थुलुङ, शान्त कुमार राई भक्त मगर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.