संघीय महाधिबेशन प्रतिनिधिका उम्मेदवार अग्रवाल भन्छन्, –‘राजनीतिमार्फत सेवा पुरयाँउन मेरो उम्मेदवारी ’

दमकको व्यवसायिक तथा सामाजिक क्षेत्रमा स्थापित नाम हो राजेन्द्र कुमार अग्रवाल (राजु ) । दमकलाई कर्मथलो बनाई समाजसेवामा सक्रिय भूमिका निर्वाह गरिआएका व्यवसायीहरुका अग्रज व्यक्तित्व अग्रवाल पछिल्ला समय राजनीतिमा पनि आफनो उपस्थितिलाई स्थापित गर्न खोजिरहेका छन् ।
पारिवारिक पृष्ठमूमिबाट नै नेपाली कांग्रेसको राजनीतिक परिवेसबाट हुर्किएका उनले कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत झापा क्षेत्र न. ५ को यहि मंसीर ६ गते हुन गईरहेको क्षेत्रीय अधिबेशनमा मधेशी कोटाबाट संघीय महाधिबेशनका उम्मेदवार बन्ने निधो गरेका छन् । सामाजिक कार्य संगै व्यवसायमा छ दशक विताएका उनले राजनीतिमार्फत जनताको सेवा गर्न हेतुले राजनीतिमा होमिएको बताउँछन् । राजनीति जनता प्रति समर्पिच हुनुपर्छ भन्ने मान्यता प्रति प्रतिवद्ध उनले भने, –‘राजनीति मार्फत जनता र देशको सेवा गर्न आफनो ठाँउबाट योगदान पुरयाँउन पनि मैले संघीय महाधिबेशन प्रतिनिधि ( मधेशी कोटा )को उम्मेदवारी प्रस्तुत गरेको हुँ ।’
थोरै बोल्ने ,मिजासिला स्वभावका धनी अग्रवाल राजनीति बाहेक दमक उद्योग वाणिज्य संघका सल्लाहकार संयोजक, नेपाल –भारत मैत्री संघ दमकका संस्थापक अध्यक्ष, पूर्व केन्द्रीय सदस्य, मारवाडी सेवा समितिका पूर्व अध्यक्ष , हाल केन्द्रीय सदस्य लगायतका संघसंस्थाहरुको नेतृत्वदायी भूमिका सम्हालिआएका छन् ।
कांग्रेसको अघिल्लो १३ औं महाधिबेशनमा पनि महाधिबेशन प्रतिनिधिका प्रत्यासी भएका उनले यसपटक भने सिंगो क्षेत्रबासी नेतृत्व, आम क्षेत्रीय प्रतिनिधिहरुको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्छन् । पार्टीमा जिम्मेवारी लिन उम्मेदवार बनेको र यसपटक भने अग्रज नेता, पार्टी सभापति,वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुको आर्शिवाद पाउने विश्वास राख्छन् उनी ।
पार्टीमा पदका लागि आफूसंग कुनै स्वार्थ नभएका भन्दै उनले पार्टीको आन्तरिक निर्वाचनले नेतृत्व विकास गर्ने सक्ने सक्षम,सवल नेतृत्व चुन्नु पर्ने उनको सुझाव छ । उनले भने, –‘पार्टी हाक्न सक्ने सक्षम,इमान्दार,योग्य उम्मेदवारलाई नेतृत्वको जिम्मेवारी दिनु पर्छ, त्यसले मात्र पार्टी रुपान्तरित हुने छ ।’
पार्टीमा जिम्मेवारीका साथ काम गर्न मेरो उम्मेदवारी भएको प्रष्ट पार्दे उम्मेदवार अग्रवालले काम गर्न सक्ने छ भन्ने लागे एकपटक जिताएर जिम्मेवारी दिन आग्रह गरेकम छन् । उनले भने,–‘ हामी महाधिबेशनको संघारमा छौ, पार्टीमा कस्तो नेतृत्व चुन्ने यो अवसरलाई अत्यन्त गंभीर भएर विवेक पुरयाँउनु हुने छ भन्ने लागेको छ ।’

Leave a Reply

Your email address will not be published.