बोहोराले दिए मोरङ क्षेत्र नम्वर ३(क) को प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेद्वारी


पथरीशनिश्चरे, २ कार्तिक ।
१८ वर्षको कलिलो उमेरबाटै नेपाली कांग्रेस बनेका पथरीशनिश्चरे वडा नं ३ का केदार बोहोराले १४ औं महाधिवेसन अन्तर्गत प्रदेश सभामा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
बोहोराले मोरङ क्षेत्र नम्वर ३ (क )को प्रदेश अधिवेसन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका हुन् ।
मिलनसार स्वाभावका धनी केदारले नेपाली काँग्रेस पार्टीमा लागेदेखिनै संगठन भित्रको वितृष्णा, विकृति र विसंगतिका बारेमा युवा जमातमा चेतना अभिबृद्धि गर्दै आएका छन् ।
१३ औ महाधिवेसनदेखि पार्टीभित्रको आन्तरिक समस्या र अप्ठ्याराहरू थाहा पाउदै आएका केदारले १४ औ महाधिवसेनमा संगठन सुदृढीकरण, युवाहरुको सहि परिचालन, नेतृत्व विकास र सवल सक्षम नेतृत्वलाई उचित स्थान दिनु पर्ने माग सहित आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।
बोहोराले नेपाली काग्रेसपार्टीको भातृसंगठन तरुण दल वडा समितिको सचिव भएर ५ बर्षे कार्यकाल सफल रुपमा सञ्चालन गरिसकेका छन् ।
राजनितिलाई निस्वार्थ भावले सेवाको रुपमा उजागर गर्ने बाहोरा जनताको सेवा, संगठन सुदृढिकरण र संगठन विस्तारमा आहोरात्र खटिदैे बलियो संगठन निर्माण गरी जनताको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा सधै सबै लाग्नु पर्ने बताँउछन् ।
सहयोगी भावनाका बोहोरा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् ।
उनले सामाजिक क्षेत्रमा लायन्स क्लव अफ योङहार्ट पथरीशनिश्चरे नगरको सस्थापक अध्यक्ष तथा विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गर्दै सामाजिक क्षेत्रमा पनि आफ्नो परिचय दिदै आएका छन् ।
कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र ३(क) को प्रदेश अधिवेसन प्रतिनिधिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ ।
आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षित गर्दै कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.