दिलीप राई भन्छन् , –‘पाको अनुभवलाई पार्टीमा काम गर्न मेरो उम्मेदवारी’

दिलीप राई – झापाली राजनीति वृतमा परिचित नाम हो । राजनीति संगै सामाजिक क्षेत्रमा राईले जिल्लामा लामोसमयदेखि सक्रिय भूमिका निर्वाह गरिआएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्लाको अध्यक्ष हुदै दश बर्ष बढी केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका राजनीतिज्ञ राई पछिल्ला समय नेपाली कांग्रेसमा प्रवेश गरि राजनीतिलाई सक्रियता दिदैआएका छन् । उनलाई कांग्रेस केन्द्रीय समितिले आमन्त्रीत केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । कांग्रेसमा पाएको जिम्मेवारीलाई उनले छोटो समयमा नै पार्टी संगठन बलियो बनाउन कामहरु गरिआएका छन् । स्पष्टवक्ता ,मिजासिला स्वभावका धनी नेता राई कांग्रेसको आसन्न १४ औं महाधिबेशन अन्तर्गत यहि मंसीर ६ गते हुन गईरहेको क्षेत्रीय अधिबेशनमा संघीय महाधिबेशन प्रतिनिधि( (खुल्ला ) उम्मेदवार वनेका छन् । उनी भन्छन्,–‘राजनीतिमा मेरो अनुभवलाई थप जोड दिन पनि केन्द्रीय महाधिबेशन प्रतिनिधिको उम्मेदवार वन्ने निधो गरेको छु ,यहाँहरुको सहयोगको अपेक्षा गरेको छु ’
पार्टीको आन्तरिक महाधिबेशनले नेतृत्वको विकाससंगै मुलुकलाई सहि दिशानिर्देश गर्न समेत सहयोग पुग्ने भन्दै उनले यस्ता मूलभूत एजेण्डामा सिंगो पार्टी नेतृत्व तथा आम कार्यकर्ताहरुले ध्यान पुरयाँउनु पर्ने आएको बताउँछन् । महाधिबेशन पार्टीको आन्तरिक अभ्यास भएकाले यसबाट सक्षम,सवल नेतृत्व चुन्न हामी सवैले विवेक पुरयाँउनु पर्ने उनको सुझाव छ । उनले भने, –‘पार्टी हाक्न सक्ने सक्षम,इमान्दार,योग्य उम्मेदवारलाई नेतृत्वको जिम्मेवारी दिनु पर्छ, तव मात्र पार्टीले जिवन्तता पाँउछ , कांग्रेस रुपान्तरित हुने छ’
आफू कांग्रेसको साधारण कार्यकर्ता मात्र भएको तथा कुनै समूह,गुटबाट समेत प्रभावित भएर अहिले उम्मेदवारी नबनेको उनको भनाई छ । पार्टीमा मेरो पाको अनुभवलाई पार्टीमा जिम्मेवारीका साथ काम गर्न मेरो उम्मेदवारी भएको राई बताउँछन् । काम गर्न सक्ने छ भन्ने लागे एकपटक जिताएर जिम्मेवारी दिन आग्रह गर्दे उनले भने,–‘ हामी महाधिबेशनको संघारमा छौ, पार्टीमा कस्तो नेतृत्व चुन्ने यो अवसरलाई अत्यन्त गंभीर भएर विवेक पुरयाँउनु हुने छ भन्ने लागेको छ । त्यसैले क्षेत्र न. ५ का अग्रज नेता, पार्टी सभापति ,वडा सभापति तथा आम क्षेत्रीय प्रतिनिधिहरुमा हार्दिक आग्रह गर्दछु , यहाँहरुले दिनुभएको जिम्मेवारीलाई अत्यन्त इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ’

Leave a Reply

Your email address will not be published.