दुर्व्यसनबाट जोगाउन पुर्नस्थापना केन्द्र आवश्यक : नगर प्रमुख राई

पथरीशनिश्चरे, १ मंसिर । मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले नगर क्षेत्रमा दुर्व्यसनमा यूवाहरु फस्ने समस्या बढ्दै गएकाले त्यसलाई ध्यानमा राखेर पुर्नस्थापना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।
प्नगर प्रमुख राईले वडा नम्बर २ र ७ को सिमानाको मिलनचोकमा स्थापना भएको सपोर्ट पुनःस्थापना केन्द्रको बुधबार उद्घाटन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
उनले दुर्व्यसन नियन्त्रण तथा पुनःस्थापनाका क्षेत्रमा कार्य गर्न स्थापना भएका पुनर्स्थापना केन्द्रहरुसँगको सहकार्यमा दुर्व्यसन विरुद्धको कार्यक्रम अघि बढाउन आवश्यक रहेको औल्याए ।
उक्त अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले मन्तव्य व्यक्त गर्दै युवाहरुको यसखाले काममा सवैको सहकार्य आवश्यक रहेको बताईन् । संस्थाका अध्यक्ष विपिन गुरुङले १ सय ५० जनासम्मलाई केन्द्रमा राखेर प्रदेश सरकार र नगरपालिकाको सहयोगमा निःशुल्क रुपमा दुर्व्यसनमुक्त अभियान सहित पुनःस्थापना कार्यक्रम अघि बढाउने योजना रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.