चुम्लुङ दमक नगर समिति विस्तार

मक,१ मंसीर । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिलाई विस्तार गरिएको छ । चुम्लुङ दमक नगर समितिको बैठकले तीन जनालाई रिक्त रहेको सदस्यमा मनोनित गर्नुका साथै दश सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको नगर अध्यक्ष देवेन्द्र चेम्जोङले बताए ।
उनका अनुसार यसरी मनोनित गरिएका सदस्यहरुमा बन्दना नेम्बाङ, सिता केरुङ मादेन र बिष्णु केरुङ रहेकी छन् । यो संगै चुम्लुङ नगर समिति १२ सदस्यीय पुगेको छ । आगामी कार्यसमितिको बैठकले थप तीन जनालाई चुम्लुङको बिधान अनुसार सदस्यमा मनोनित गरि पूर्णता गरिने उनले जानकारी दिए ।
यसैगरि, चुम्लुङको गतिविधिलाई थप विस्तार गर्न नगरका अग्रज तथा पूर्व अध्यक्षहरुको सहभागिता रहने गरि सल्लाहकार समिति गठन गरिएको छ । जसअनुसार सल्लाहकारहरुमा चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावती, पूर्व नगर अध्यक्ष लोकप्रसाद कन्दङवा,गुमानसिंह सम्बाहाम्फे,विष्णु सुब्बा,दिलकुमार लावती, देशराज नेम्बाङ,सेसेमी से–नाल्वो,पुष्प लोवा ,मोहन थेवे, धर्मनन्द लिङदेन रहेका छन् ।
यसैगरि बैठकले चुम्लुङको गतिविधिहरुलाई लिपीवद्ध गरि आम लिम्बू समुदायसम्म पुरयाँउन स्कारिका प्रकाशन गरिने समेत निर्णय भएको अध्यक्ष चेम्जोङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.