साइवर क्राइम मुद्धामा झापाका एक किशोर पक्राउ

दमक,१ मंसीर । नक्कली फेसबुक आइडी बनाएर जथाभावी क्रियाकलाप गरेको आरोपमा झापा, कमल गाउँपालिका वडा न. १ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको हो ।नक्कली फेसबुक आइडीमार्फत धेरै खाले कानुन विपरितका क्रियाकलाप गरेको उजुरीका आधारमा तीनदिन अघि थापालाई पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार थापा विरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा साइबर क्राइम सम्बन्धी मुद्धा परेको छ । पक्राउ परेका थापा कमल बाल सञ्जालका अध्यक्ष समेत रहेका बताइएको छ । थापाको नक्कली फेसबुक आइडीका बिषयमा प्रहरीले विस्तृत सार्वजनिक भने गरेको छैन् ।

Leave a Reply

Your email address will not be published.