जीवन कुमार राईको नेका झापा क्षेत्र नं ५ प्रदेशसभा (क ) सभापति पदमा उम्मेदवारी किन ?


नेपाली कांग्रेस झापा क्षेत्र नं ५ प्रदेश (क ) का मेरा आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरु , बुथ सभापति ज्युहरू ।
-तपाँईहरु नै हो आउने स्थानीय,प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारहरु जसलाई जिताउन प्रदेशसभा क्षेत्रिय कार्यसमितिको सबैभन्दा ठूलो भुमिका हुन्छ । कांग्रेसको साधारण सदस्य,कृयाशिल सदस्य र भातृसंगठनका सदस्यहरुलाई चुस्तदुरुस्त राख्नको निम्ति नियमित नँया र प्रभावकारी योजनाहरुल्याई सबैले बुझ्ने र अरु मतदाताहरुलाईपनि सजिलै बुझाउन सक्ने बनाउने छु।
हाम्रो क्षेत्रमा रहेको १६ वटा वडाहरुलाई एकैसाथ नँया ढंगले सबै उमेर समूहका मतदातालाई लक्षित गरि रुखमा मतदान गरि तपाँइहरुलाई भारि बहुमतले जिताउने मेरो एक मात्र प्रमुख लक्ष्य र उद्देश्य हो जुन मैले यहि आउँदो निर्वाचनहरु भित्रै पूरा गर्नेछु। साथसाथै अर्को आउने निर्वाचनमा नेपाली कांग्रेसलाई यस क्षेत्रबाट फेरिपनि जित्न कुनै अफ्ठ्यारो नपर्ने कुरा जानकारी गराउँछु।
सबैजनालाई दक्ष र काबिल बनाउनको निम्ति प्रशिक्षण उपलब्ध गराउने छु। निर्वाचन जिताउनको लागि मात्र मेरो भुमिका सिमित नहुने बरु जित वा हार पछि पनि निरन्तर जनता र मतदाताहरुसँग नजिकको सम्बन्ध कायम राख्ने र गलत कार्यलाई खबरदारी साथसाथै राम्रो कार्यलाई प्रोत्साहित गर्ने।
सबै उमेर समुहलाई खेलकुद,शिक्षा र स्वास्थ्यमा पहुँच र सर्वसुलभ तरिकाले उपभोग गर्न पाए नपाएको निरन्तर अनुगमन गर्ने। गरिब,अनाथ,वृद्ध र दिनदुखीहरुको खोजि खोजी सेवा गर्ने र उनिहरुको हेरचाह गर्ने हामीसबैको सामाजिक दायित्व हो भनेर जनचेतना अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने। हाम्रो यो क्षेत्रलाई नेपाल भरिकै विकसित र सम्पन्नसाली बनाउनको निम्ति तल्लो स्तर देखिनै आफैले गर्नसकिने विकास र व्यवस्थापन गरि नेकाको सरकारलाई मद्दत पुर्याउने।
-सबैभन्दा मुख्य कुरा हाम्रो यस क्षेत्रमा पर्ने सबै जनताहरुको मनमा लागेको कुराहरुलाई नियमित सुनुवाई गर्ने र थप विस्तार गर्नु पर्ने वा सच्चाउन पर्ने कार्यहरुलाई कार्याँवनयन गराउन विशेष पहल गर्ने। यस क्षेत्रका सबै वासिन्दाहरुको साझा समस्यालाई स्थानिय,संघिय सरकार वा केन्द्र सरकारले सुन्निने गरि सम्बोधन गर्ने र त्यसको कुनै जवाफ नआएमा स्वतस्फूर्त तरिकाले यसको समाधानका लागि निकास निकाल्ने।
केन्द्रका नेताहरुको चाकडी नगरिकनै बरु उल्टै उनीहरुलाई हामी जनताहरुको सेवा र समस्या समाधानमा समय खर्चिने वातावरण मिलाउने। उनीहरुलाई होटलमा होइन घाईते,सहिद र मर्कामा परेकाहरुको घरमा विश्राम गराउने र अनाथालय वृद्धआश्रममा लगेर दिनदुखीलाई सेवा गर्ने मौका दिने।
-हाम्रै क्षेत्रको नेताहरु जो अहिले महाधिवेशन प्रतिनिधि,क्षेत्रिय र जिल्लाको अधिवेशनमा भाग लिदै हुनहुन्छ र वडा र नगरमा पनि भाग लिइसकेका र जित हासिल गरेका नेतागणहरु र प्रदेशसभा क्षेत्रिय अधिवेशनमा भाग लिनु भएका सबै नेतागणहरुलाई सर्वप्रथम प्राथमिकता दिने र उहाँहरुको सल्लाह सुझाव नीति कार्यदिशा अनुरुपनै संगठन विस्तार,कार्ययोजना र अनुशासन सहितको चेन अफ कमान्ड जँहा ठुलालाई सम्मान,सत्कार,सेवा र सानालाई माया हेरचाह सद्भाव रहने गरि कार्यनयन गराउने जसले गर्दा भविष्यमा नेपाली कांग्रेसमा स्वतस्फूर्त तरिकाले युवा,अग्रज र वृद्धहरु प्रवेश हुन लालायित होउन् ।
निर्वाचनको बेलामा नेताहरु जनताको घरघरमा अरुबेला सिंहदरबारमाू होइन अब बरु (निर्वाचनको बेला नेताहरु आफ्नै घर घरमा, परिणाम पछि पूरै पाँच वर्ष जनतासँगै सिंहदरबारमा ) बनाउनका निम्ति जनताहरुलाई पुरै नँया प्रविधिसँग अवगत गराउने, घरै बसि बसि संसार घुम्नको लागि र साईबर क्राईमबाट बच्नको लागि र असत्य समाचार फैलाउने साथसाथै हाम्रो पार्टीको र नेताहरुको बदनाम गर्ने हेतुले सरकारी ढुकुटि रित्ताएर सञ्चालन भएका साईबर सेनाजस्ता दस्ताहरुलाई जवाफको लागि हामीले यस क्षेत्रका क्षेत्रिय प्रतिनिधिहरुलाई सीप तालिम सहित नँया प्रविधि उपलब्ध गराउने छु। निशुल्क र निरन्तर सम्पर्क र कुराका गनीर्नमिल्ने,घरमै बसिबसि भएपनि पार्टिको प्रशिक्षण र मिटिङ्गहरुमा भाग लिने, सम्पूर्ण क्षेत्रका प्रतिनिधिहरुसँग सुमधुर सम्बन्ध राखि भविष्यमा अगाडि बढन सहयोग हुने,छरछिमेकी र समाजका अरु मतदाताहरुलाई लक्षित हुने खालको पार्टीको सुचना समाचार र सामाजिक चेतनाहरु फैलाउन सकिने, हाम्रो क्षेत्रमा पर्ने सम्पुर्ण मतदाताहरुको विवरण नामावलीहरुलाई एकत्रित गरि हाम्रो यस क्षेत्रका बासिन्दाहरुलाई फाईदा पुग्ने खालको नँया एप सञ्चालनमा ल्याउने जुन प्रयोग गर्न एकदम सजिलो र भरपर्दो हुने। चाहे अस्पतालमा होस,शैक्षिक संस्था,यातायात,सरकारी कार्यलयहरु,होटल,प्राईभेट संस्था लगायत थुप्रै ठाँउमा डिस्काउन्ट वा पुरै छुटको लागि प्रयोग गर्न मिल्ने।
-अहिले थुप्रै जनताहरुले संघियता,धर्मको कुरा उठाईरहनु भएको छ, संघियता देशले नधान्ने वा महँगो पर्न गएको खण्डमा नेपाली कांग्रेस पार्टीको कठोर निर्देशनलाई सर्वपरी मानि निस्वार्थ तरिकाले प्रदेश सभा क्षेत्रिय सभापतिको पद त्याग्न र तपाईंहरुलाई सहयोग गर्न हरहमेसा तयार रहेको जानकारी गराउँदछु।
मेरो उम्मेदवारी विशुद्ध जनता र पार्टीको सेवा गर्न रहेको छ
जय नेपाल
जीवन कुमार राई
नेका झापा क्षेत्र नं ५ प्रदेशसभा (क ) सभापति पदका उम्मेदवार
नेका १४ औ महाधिवेशन २०७८

-adv

Leave a Reply

Your email address will not be published.