वडाध्यक्षलाई बैठकबाट निकालिएपछि सर्वत्र विरोध

पथरीशनिश्चरे, ३० कार्तिक । मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिकाका प्रमुखको ठाडो आदेशमा एक वडाध्यक्षलाई बैठक कक्षबाट बाहिर निकालिएपछि सर्वत्र विरोध भएको छ।
सोमबार नगरको वार्षिक कार्य प्रगति समीक्षा बैठकमा सहभागी भएका वडाध्यक्ष गोविन्द भण्डारीलाई मेयर दिलिप कुमार राई र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले नगर प्रहरीलाई आदेश दिएर वाहिर निकाल्न लगाईएको थियो ।
वडाध्यक्ष भण्डारीले आफुले चढेको बाईकको सर्भिस वापतको ८ हजार रूपैयाँ , स्वास्थ्य केन्द्रको उद्घाटन भएको ८८ हजार सहितको बीलभर्पाईको फायल वडा सचिव तारानिधि सापकोटाले लुकाएको जानकारी पालिकामा गराए पनि रकम अझै पनि आफुले भुक्तानी नपाएको गुनासो गर्दै नगरपालिकाबाट सार्वजनिक सवारीको इन्धनवापतको ४० लाख बराबरको रकम अस्वाभाविक रूपमा खर्च भएको भनेर हिसाब माग्दा मेयर राई र प्रमुख प्रशासकीय अधिकृत खरेलको निर्देशनमा गलहत्याएर निकालिएको वडाध्यक्ष भण्डारीको भनाई छ ।
वडाध्यक्ष भण्डारीलाई नगरप्रहरीको सहयोगमा बाहिर निकालिएपछि वार्षिक समीक्षा बैठक संचालन भएको थियो।
एमालेको वर्चस्व रहेको यस पालिकामा वडाध्यक्ष भण्डारीले आफूलाई फरक पार्टी माओवादीको कार्यकर्ता भएको भनेर एक्का पार्न खोजिएको भन्दै कार्यालय अगाडि स्थानीय सञ्चारकर्मीहरु समक्ष आक्रोशित रूपमा धारणा राखेका थिए।
उनले आफूलाई १ करोड २२ लाखको हिसाव माग्दा पथरीशनिश्चरे नगरपालिकाकोे बैठक कक्षबाट मेयर र प्रमुख प्रशासकीय अधिकृत खरेलको निर्देशनमा नगर प्रहरी लगाएर गलत्याएर निकालिएको र अपमानजनक दुर्व्यवहार गरिएको भन्दै अदालत सम्म पुग्ने बताएकाछन् ।

Leave a Reply

Your email address will not be published.