
मोरङ , ३० कार्तिक ।मोरङको बेलबारी नगरपालिका ५ कसेनि स्थित सडकखण्डमा ट्याक्टर पल्टदा सवार २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् ।
सोमबार बेलुका ८ बजे को २ त.८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ बर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।