
दमक,३० कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव दमकसहित देशैभरि प्रभाव परेको छ । वन्द सफल बनाउन विप्लवका कार्यकर्ताहरुले दमकको क्याम्पस मोडस्थित सडकखण्डमा टायर बालेका छन् । यसअघि हिजो साँझ दमक चौंकमा विप्लवका कार्यकर्ताहरुले राके जुलुस निकालेको थियो ।
बन्दका कारण लामो तथा छोटो दूरीका सवारी ठप्प छन् भने बजार, पसल, उद्योगलगायत खुल्न सकेका छैनन् । पूर्वमा सार्वजनिक यातायात साधान नचल्दा नागरिकलाई हैरानी भएको छ । तर अन्य सवारी साधन भने फाटफुट रुपमा राजमार्गमा गुडेका छन् ।
सार्वजनिक सवारी साधान नचलेका कारण कतिपय ठाउँमा गन्तव्यमा हिँडेका यात्रु बजार र चोक–चोकमा अलपत्र परेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरोधमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आह्वान गरेको थियो ।