
ईलाम, ३० कार्तिक । इलाम सन्दकपुर गाऊपालिका वडा न. १ ,चाँपगैरीका ३० बर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।
हिजो बेलुका राती ७ बजे काका मान बहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी सामान्य बिबाद हुंदा उनले दाजु ३५ बर्षीय ईच्छा मुखियालाई चक्कु प्रहार गर्दा घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटि गई चक्कु सहित चक्र मुखियालाई पक्राउ गरेको छ । घटना का सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।