राप्रपा प्रदेश १ को अध्यक्षमा थापा निर्वाचित

कार्यकर्ताका साथ नवनिर्वाचित अध्यक्ष थापा

दमक,२९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ को अध्यक्षमा रामकुमार थापा निर्वाचित भएका छन् । दमकमा आज भएको निर्वाचनबाट दमक निवासी थापा निर्वाचित भएका हुन् ।
उनले आफना प्रतिष्पर्धी भक्ति सिटौलालाई ३८ मतले पराजित गर्दै बिजयी बने । थापाले २७५ मत प्राप्त गरि विजयी भए भने सिटौलाले २३७ मत प्राप्त गरेका थिए । मतदानमा ५१२ मत सदर भएको थियो । निर्वाचित थापा पार्टीको वर्तमान प्रदेश अध्यक्ष पनि हुन् ।
थापालाई केन्द्रीय अध्यक्ष कमल थापाको सहयोग थियो भने सिटौलालाई महामन्त्री राजेन्द्र लिडदेन समूहको समर्थन रहेको थियो । पार्टीको पहिलो एकता प्रदेश अधिबेशनको हिजो पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.