सभापतिका उम्मेद्वार थेवेको सचिवालय समिति गठन

विर्तामोड ,२९ कार्तिक। नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि झापा सभापतिका उम्मेद्वार देउकुमार थेवेको सचिवालय समिति गठन गरिएको छ । नेपालीहरुको विशेष पर्व हरिबोधनी एकादशीको अवसर पारेर आज आयोजित एक कार्यक्रमका बीच सचिवालयको उद्घाटन पनि गरिएको छ ।

कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईको संयोजकत्वमा गठित सचिवालय समितिका सदस्यहरुमा देवीप्रसाद घिमिरे, कुमार भट्टराई, चित्रकला ओली, सजेश शिवाकोटी, दीपक कार्की, गणेश मादेन, याम भुजेल, सुशिला संग्रौला, सुरेन्द्र भण्डारी, रणदेव हजाम, एलेक्स मैनाली, बसन्त आचार्य रहेका छन् ।
सचिवालयले थेवेका चुनावी कार्यक्रमको प्रचार–प्रसार गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.