कडरियाले दिए जन्मदिनमा मिगौला रोगीलाई सहयोग

दमक,२९ कार्तिक । जन्म दिनमा मनाउने फजुल खर्च कटाएर झापा, सुरुङाका समीर कडरियाले आज दमकका एक जना मिगौला पीडित विरामीलाई सहयोग गरेका छन् ।
दमक ६ बेलडाँगी रोडमा रहेको काजी होटलका सञ्चालक समेत सामाजिक अभियान्ता काजी राउतको समन्वयमा कडरियाले मिगौला पीडित आशिष खनालको पिता धर्मानन्द खनाललाई नगद रु ५ हजार सहयोग उपलव्ध गराएका हुन् । उनले होटलमा पुगेर उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरे ।
मनकारी युवा कडरियाले जन्मदिनमा गरिदै आएको फजुल खर्चलाई सामाजिक कार्यमा सघाँउ पुरयाँउन आफूले विगत केहिबर्ष देखि यसरी नै सेवा पुरयाँउदै आएको बताए ।
दमक -९ निवासी २६ बर्षीय आशिष खनालले मिगौला प्रत्यारोपण गर्न पैसा अभावका कारण विगत दुई बर्ष देखी काठमाडौमा नियमित डायलेसिस गरिआएका छन् । आर्थिक अवस्था कमजोर भएका खनालको उपचारमा सघाँउन दमकमा सामाजिक व्यक्तित्व प्रकाश अधिकारीको संयोजकत्वमा एक अभियान नै गठन गरिएको छ । तर त्यस अभियानको कार्य कोभिड १९ का कारण प्रभावकारी बन्न सकेको छैन् ।
यसैवीच ,पीडित परिवारले मिगौला रोगी आशिषको जीवन वचाईदिन गुहार गरिआएका छन् । एक श्रीमती,७ बर्षिय छोरा भएका आशिषको मिगौला प्रत्यारोपण गर्न लाग्ने खर्चमा सहयोग पुरयाँई दिन बृद्धा पिता धर्मानन्दले याचना गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.