दमक,२९ कार्तिक । पव्लिक क्याम्पस प्राध्यापक संघ दमक बहुमुखी क्याम्पस इकाई समितिको सभापतिमा यज्ञराज गिरी चुनिएका छन् । संघको सम्पन्न इकाई अधिबेशनले गिरीको सभापतित्वमा नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपसभापतिमा सुमनकुमार नेपाल,सचिवमा बिनोद चापागाई ,कोषाध्यक्षमा डम्बरकुमारी अधिकारी र सदस्यहरुमा कमलनाथ डाँगी,ढकबहादुर थापा, प्रविण कार्की,शान्तिराम सुवेदी र विनोद खतिवडा चुनिएका छन् ।
संघको निर्वाचन सम्पन्न गर्न क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकीको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । कार्तिक २७ गते सदस्यमा निर्वाचितहरुवीच हिजो सोमबार पदाधिकारी चयन गरिएको थियो । निर्वाचित समितिलाई निर्वाचन संयोजक बुढाथोकीले सपथग्रहण गराउनुका साथै निर्वाचित प्रमाणपत्र वितरण गरेका थिए ।