
कन्काई,२८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को महाधिवेशन प्रतिनिधि छनौटमा प्रदेश १ का पूर्वमन्त्री हिराकुमार थापा पराजित भएका छन् ।
झापा क्षेत्र न. ४ बाट महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा प्रदेश सांसद समेत रहेकापूर्व भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापा पराजित हुन पुगेका हुन् । निर्वाचनमा उनले १२२९ मत प्राप्त गरेका थिए । निर्वाचन मण्डलले दिएको जानकारी अनुसार खुलातर्फ सर्वाधिक मत ल्याई निर्वाचित हुनेमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल रहेका छन् । उनले १७०४ मत ल्याएका थिए । यसैगरि, धनबहादुर थेवे (१,५३२), चन्द्रकुमार सेर्मा ( १,४६२ ), राधाकृष्ण खनाल (१,४००), खेमनाथ मिश्र ( १,३४०), भैरवकुमार श्रेष्ठ (१,३०२ ) मत प्राप्त गरी विजयी बने ।
उनीहरुका प्रतिस्पर्र्धी मध्ये कैलाश कुमार राई ६४४, कोमल पन्त ५२६, गोविन्द बहादुर कुँवर ९४९, टेकनाथ ढुंगेल ४३३, दीपक चापागाईँ ७८९,प्रकाश चन्द्र खरेल ६६६, मोहन घिमिरे १०३८, विष्णुप्रसाद खतिवडा ५५१, हर्कराज राई ८३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै महिलातर्फ अमृता राई २३१४, चम्पादेवी खनाल २२११, इन्दिरा बस्नेत १९३० मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले १६४१ , नरमाया कार्कीले १०४३ मत प्राप्त गरेकी थिईन् ।
निर्वाचनमा क्षेत्र नंं ४ का ५,७०८ संगठित सदस्य मध्ये ३५६२ मत मात्र खसेको थियो ।
झापा क्षेत्र नम्बर ४ को क्षेत्रबाट चितवन महाधिबेशनका लागि पुरुष तर्फ ६ जना र महिला तर्फ ३ जनाको संख्या आवश्यक भएपनि पुरुष तर्फ १६ र महिला तर्फ ५ जनाको उम्मेद्वारी मनोनयन भएपछि शनिवार निर्वाचन भएको हो ।