
दमक,२८ कार्तिक । प्रदेश एकका दुई जिल्लामा भएका अलग अलग घटनामा तीन जनाको ज्यान गएको छ । धनकुटा पाख्रिबास नगरपालिका ८ लुम्बुवा टोल स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालक पाख्रिबास ७ थाक्लेका २१ बर्षिय टंकबहादुर तामाङको मृत्यु भएको हो ।
शनिबार दिउँसो साढे दुई बजे पाख्रिबासबाट घामे तर्फ जादै गरेको को २ त १०४३ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाकटरको ईन्जिनको भागले च्यापेर चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीका दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका -१० वसियनपार्कका ४५ बर्षीय धन प्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका- १० घर भई हाल ईटहरी उपमहानगरपालिका १७ स्थित दिदीको घरमा बस्दै आएको १४ बर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् ।
हिजो शनिबार दिउँसो ३ बजे घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लागेर घाईते भएका तामाङको उपचारको क्रममा बिराट टिचिङमा मृत्यु भएको हो भने तिमल्सिनाको भने घर नजिकै नहरको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।