कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक


काठमाडौं,२८ कार्तिक ।
आगामी १४ औं महाधिवेशनका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा ७ संयोजक तोकेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनका लागि सातै प्रदेशका लागि ७ संयोजक तोेकेको हो ।

बैठकले प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोक्ने निर्णय गरेको छ ।

बैठकले नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति पनि गठन गर्न लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.