मोटरसाईकल दुर्घटनामा शाहीको मृत्यु

दमक,२६ कार्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल ५ का २४ बर्षिय डिल्लीराम शाही रहेका छन् ।
हिजो बिहिबार अपरान्ह ४ बजे भएको दुर्घटनाका घाईते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान १.५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र१–०२–०४१प २००० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ शाहीको टाउकोमा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा पछाडी सवार घाईते ईटहरी–२० का २५ बर्षिय रुपम तामाङको भने उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.