मोटरसाईकल दुर्घटनामा साहको मृत्यु

दमक,२६ कार्तिक । मोटरसाईकल दुर्घटनामा परेर झापा, दमक नगरपालिका वडा न. ५ का एक युवाको ज्यान गएको छ ।मोरङको सुन्दरहरैचा १० स्थित विराटचोक केराबारी सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर दमक –५ का २६ बर्षिय राजिब साहको मृत्यु प्रहरीले जनाएकोछ ।
उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्रदेश १–०१०१६ प ३४५६ नं. को मोटरसाइकल शनिवार दिउँसो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गंभीर घाईते भएका साहको उपचारका क्रममा गएराति विराटनगरस्थित आर्या न्युरो अस्पताल मृत्युभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.