जनगणनाका लागि गणकहरूसंग छलफल

पथरीशनिश्चरे, २४ कार्तिक । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित स्थानीय जनगणना कार्यालयले भोलि २५ गतेदेखि सुरु हुने दोस्रो चरणको राष्ट्रिय जनगणनाका लागि गणकहरुसँग गणकहरुको परिचालन, ब्यवस्थापन तथा सुपरीक्षणबारेमा आज बुधबार छलफल गरेको छ ।
जनगणनाका लागि पहिलो चरणको घरपरिवारको विवरण संकलन कार्य सकिएको छ भने अव दोस्रो चरणको जनगणनाका लागि मुख्य प्रश्नावली फारम भर्ने कार्य आगामी मंसिर ९ सम्म जारी रहनेछ ।
गणनाका बारेमा स्थानीय जनगणना कार्यलयका सविना राई र गुणराज थापाले सहजीकरण गरेका छन् । जनगणनामा पथरीशनिश्चरेका लागि ८१ र कानेपोखरीमा ४८ जना गणक खटाईएका छन् ।

Leave a Reply

Your email address will not be published.