दमक,२४ कार्तिक । जनता समाजवादी पार्टी नेपाल ( जसपा ) का प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङसहितका दुई सय ३३ जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
दमकमा विहिबार पत्रकार सम्मेलन गर्दै उनीहरूले जसपाले देश र जनताको पक्षमा काम गर्न नसक्ने देखिएको भन्दै सामूहिक रुपमा पार्टी परित्याग गरि स्वतन्त्र रहने घोषणा गरेका छन् ।
पार्टी छाड्नेमा पार्टीको प्रदेश सदस्य जहरमान लिम्बू, क्षेत्र न. ५ (ख) का अध्यक्ष दिपक न्यौपाने, दमक नगर अध्यक्ष खेमबहादुर दाहाल, उपाध्यक्ष तथा टे«ड यूनियन महासंघका केन्द्रीय सदस्य अनिल लामा, पार्टीका दमक नगर सहअध्यक्ष हिमा राई, नगर सचिव सुनिल राई, सहसचिव सुनिता लावती, शिक्षक संघ केन्द्रीय उपमहासचिव प्रकाश सुवेदी लगायतका विभिन्न वर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेका छन् ।
पत्रकार सम्मेलनमा चाम्लिङले पार्टीको विचलित सिद्धान्त र दर्शनले जनता र राष्ट्र निर्माण हुन नसक्ने देखिएका कारण पार्टी परित्याग गर्नुपरेको उल्लेख गरे ।
उनले आफूहरू तत्काल कुनै पार्टीमा नजाने र केही दिनभित्रै नयाँ अभियान लिएर आउने बताए ।
निर्वाचनको मुखमा प्रदेश -१ का विभिन्न ठाउँमा धमाधम पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरिआएका छन् ।.