
इटहरी, २२ कार्तिक। पोखरीमा डुबेर सुनसरी ईटहरी ४ बस्ने बलिन्द्र अधिकारीका ४ बर्षीय छोरा दर्पण अधिकारीको मृत्यु भएको छ । हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
रुखबाट लडेर एक जनाको मृत्यु
ओखलढुङगा मोलुङ गाऊपालिका ७ पात्ले खानिचौर २२ बर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिउसो ११ बजे घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेकोमा उक्त रुखबाट लडि घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।