
मोरङ, २२ कार्तिक । मोरङको बिराटनगर महानगरपालिका १६ बाट प्रतिबन्धित लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ३ बजेको समयमा भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका संखुवासभास्थित मादी गाउँपालिका ९ का ३९ बर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा निजको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाईजापाम ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।