स्कुल बसको ठक्करबाट दमकमा दुई युवा घाईते

दमक,१९ कार्तिक । स्कूल बसको ठक्करवाट आज विहान दमकमा मोटरसाईकलमा सवार दुई युवा घाईते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । बिहान ८.३० वजेतिर दमक –१ स्थित मामा चौकमा को १ ख २३०१ नम्बरको स्कुल बसले सोहि दिशातर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुई युवा घाईते भएका हुन् ।
घाईते हुनेमा दमक २ बस्ने अन्दाजी २८ वर्षिय बिनोद धिमाल र दमक १ बस्ने २० वर्षिय सरोज तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाईते मध्ये बिनोदको अवस्था गम्भीर छ ।
दमकको लाइफलाइन अस्पतालमा प्रारिम्भक उपचार पछि थप उपचारका लागि धिमाललाई विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.