करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ, १८ कार्तिक । करेन्ट लागेर मोरङ ,सुन्दरहरैचा नगरपालिका २ करैवनाका ३८ बर्षीय अमर राईको मृत्यु भएको छ ।हिजो बेलुका साढे ३ बजे सोही स्थान गोलापरासी बस्ने रेणुका लिम्बुको घरमा ढलानको काम गर्ने सिलसिलामा करेन्ट लागि बेहोस भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.