फिदीम, १७ कार्तिक । जिल्लाको हिलिहाङ गाउँपालिका १ का युवकले चिर्पट प्रहार गरी बाबुको हत्या गरेका छन् । ३१ वर्षीय शन्देस राईले ६९ वर्षीय बुवा युवराज राईको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिष कर्णका अनुसार शन्देशले आइतबार बिहान बाबुको हत्या गरेको खुलेको छ ।
युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो । बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले शन्देसलाई पक्राउ गर्नुका साथै युवराजको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याएको डिएसपी कर्णले जनाए ।