पूर्वाञ्चल मन्टेसरीमा देउसीभैलो कार्यक्रम

दमक,१७ कार्तिक । दमक ८ स्थित पूर्वाञ्चल मन्टेसरी स्कूलले आज दिपावली विषेश कार्यक्रम सम्पन्न गरेको छ । स्कूलमा एक कार्यक्रम गरि विद्यार्थीहरुको सहभागितामा देउसीभैलो कार्यक्रम गरिएको स्कूलकी प्रिन्सीपल सविता पोख्रेलले बताईन् ।
तिहारमा खेलिदै आएको परम्परागत देउसीभैलो संस्कृतिलाई संरक्षण गर्न उद्देश्यले स्कूलले बर्षेनी तिहारका अवसरमा विद्यार्थीहरुवीच देउसीभैलो कार्यक्रम गरिदै आएको उनले जानकारी दिईन् ।
देउसी भैलो विशेष कार्यक्रममा स्कुलका फाउण्डर माधव भट्टराईले नेपाली कला संस्कृति भावी पुस्तासम्म लैजान स्कूलले यस्ता अतिरिक्त कृयाकलाप सञ्चालन गरिआएको बताए ।

उनले चाडपर्वहरु रमाइला मात्रै नभएर अनुशासन तथा नियम सिकाउने माध्यम पनि भएको औल्याए । कार्यक्रममा भिन्नभिन्न कक्षाका बालबालिकाहरुले आफना आफना देउसी, भैलो प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण विद्यालयका कोअर्डिनेटर विश्व प्रसाद ताजपुरियाले गरेका थिए भने स्वागत मन्तव्य विष्णु राउतले गरेका विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.