सहाराद्वारा सदस्यलाई १ करोड ९३ लाख कोभिड सहायता प्रदान

बिर्तामोड,१६ कार्तिक । यहाँस्थित सहारा नेपाल साकोसले कोभिड- १९ सहायता कार्यक्रम मार्फत एक करोड बढी रुपैया सहयोग प्रदान गरेको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि कोभिडबाट पीडित आफना सदस्यहरुलाई १ करोड ९३ लाख ४६ हजार रुपैया हस्तान्तरण गरेको हो ।

सहाराका १३ जना सदस्यहरुको कोरोनाका कारण मृत्यु भएको थियो । यस्तै, सहाराले २३ सय कोभिड संक्रमित सदस्यलाई घरघर मै पुगेर प्रतिव्यक्ति २ हजारका दरले ४६ लाख बराबरको पोषण सामग्री वितरण गरेको छ । कोरोना संक्रमित भई होम आइसोलेशनमा बसेका ९७८ जना सदस्यलाई १४ दिनको ५ सयका दरले ६८ लाख ४६ हजार रकम उपलब्ध गराएको सहाराका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार संस्थाले कोभिड संक्रमित भई अस्पताल भर्ना भएका ३९ जना सदस्यहरुलाई ५२ लाख रुपैयाँ उपचार खर्च भुक्तानी गरेको छ र संक्रमणपछि मृत्यु भएका १४ जना सदस्यलाई सहाराले २७ लाख रुपैया उपलव्ध गराएको छ ।
उक्त सहयोग हसतान्तरण कार्यक्रममा बोल्दै विर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतराले सहारा अन्य सहकारी भन्दा भिन्न र रचनात्मक भएको बताइन् । सदस्यहरुको मनोवल बढाउने काममा सहाराको सक्रियता धेरै भएको उनको भनाई छ । सबै सदस्यको समस्यामा सहारा बनेको संस्थाले आगामी दिनमा राम्रा राम्रा काम गर्दै जाने विश्वास व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published.