
दमक,१५ कार्तिक । पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्च नेपालले हालै बाढीपहिरोका कारण देशै भरि पुरयाँएका जनधनको क्षति प्रति मर्माहत भएको जनाउदै पीडितहरुलाई यथोचित राहत दिन माग गरेको छ ।
मञ्चले आज प्रेस विज्ञप्ति निकालेर बाढीपहिरोबाट ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली तथा हालसम्म हराईरहेकाहरुको शकुसल उद्दार र घाईतेहरुको यथोचित उपचारको व्यवस्था गर्न नेपाल सरकारको गंभीर ध्यानाकर्षण गराएका छन् ।
मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद योङया र महासचिव धनहाङ धमलाद्धारा हस्ताक्षारित विज्ञप्तिमा भनिएको छ ,–‘यस विपत्तिका कारण किसानहरुले लगाएको सयौ विगाहामा पाक्न लागेको धान तथा अन्य कृषि बालीमा पुगेको क्षतिले समग्र कृषि उत्पादनमा नै असर पुग्ने अवस्था आएको छ । यो विपत्तिले कृषि क्षेत्रमा पुरयाँएको क्षतिका घटनामा पीडित किसानलाई उचित राहत,बसोबासको व्यवस्था तथा घाईते सवैको निशुल्क उपचारको व्यवस्था गर्न आग्रह गर्दछौं । ’
विपत्तिबाट पीडित भएका सवैलाई राज्यले दिने राहत क्षतिको अवस्था हेरेर विना भेदभाव तुरुन्त उपलव्ध गराउन तथा विपत्तिका क्रममा उद्दार तथा राहत कार्यमा सहयोग पुरयाँउन समेत मञ्चले विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै, विपत्तिका घडीमा पीडितहरुलाई राहत पार्टीका सवै कार्यकर्ताहरुलाई समेत सहयोग पुरयाँउन अनुरोध गरिएको जनाइएको छ ।