
झापा,१५ कार्तिक । यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका (किजापूजा )को उत्तम साइत रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।
२०७८ सालको तिहारपर्वसँग सम्वन्धित दिन तथा साईतहरू
१, विसं २०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती।
२, विसं २०७८ कात्तिक१७ गते, बुधबार – काकबली (कागतिहार ) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने )
३, विसं २०७८ कात्तिक १८ गते, विहिबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४, विसं २०७८ कात्तिक १९ गते, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, नेसं ११४२ प्रारम्भ ।
५, विसं २०७८ कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका ,(किजापूजा ) बिहान ११.२ बजे।