दमक, १५ कार्तिक । यहाँस्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले शनिवार आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक–६ वरपिपल चोकस्थित आफनै कार्यालयमा सभा गरि उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गरि औपचारिक रुपमा साधारणसभा सम्पन्न गरेको हो ।
सभामा संस्थाले दैनिक बचततर्फ उत्कृष्ट कारोबार गर्ने रेवतप्रसाद चुडाल, आवधिक बचततर्फ सनमति आङ्देम्बे र नारायणदेवी राई, क्रमिक बचततर्फ शोभा श्रेष्ठ र सुरेन्द्रकुमार श्रेष्ठ, अनिवार्य नियमित बचततर्फ परिना देवान, बाल सुनौलो भविष्य बचततर्फ मिसुम नेम्बाङ राईलाई सम्मानपत्र र मायाको चिनोसहित पुरस्कृत गरिएको थियो ।
सोही सभामा दैनिक असल ऋण कारोबारतर्फ हरिप्रसाद तिवारी र अन्जना राजवंशी, मासिक असल ऋण कारोबारतर्फ सुसिला राईलाई सम्मान प्रदान गरिएको थियो ।
संस्थाले कर्मचारीतर्फ उत्कृष्ट कार्यसम्पादन पुरयाँएवापत कार्यालयका लेखा प्रमुख अनमोल तामाङलाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको व्यवस्थापक दिनेश दाहालले बताए । त्यस्तै, शेयर सदस्यका छोराछोरीबाट कक्षा १२ परीक्षामा उच्चतम अंक ल्याउने निर्माण नेम्बाङ र छात्रातर्फ गृष्मा पिठाकोठे मगरलाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरियो ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा संस्थाका अध्यक्ष असिम राईले सञ्चालक समितिका तर्फवाट अध्यक्षको बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका तर्फवाट लेखा संयोजक खेमराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्द सत्रले सुझावसहित पारित गरेको थियो । सञ्चालक समितिकी सदस्य तथा ऋण उपसमितिकी संयोजक अनिमा तामाङले स्वागत मन्तव्य राखेकी सो सभाको सञ्चालन सचिव सुमन कुमार राईले सञ्चालन गरेका थिए ।
सभामा संस्थाकी उपाध्यक्ष सम्झाना साँवा लिम्बू, सञ्चालक नारायणप्रसाद खरेल, सञ्चालक निर्मला लाओती, सदस्य कविता फागो, माया राई, सल्लाहकार संयोजक बिक्रम खाम्देन लिम्बू, गोर्खाज फाइनान्स बैंक दमक शाखा प्रमुख राजिन राई, संस्थाका सल्लाहकार देबेन्द्र चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।
१२ सय ७० जना शेयर सदस्य रहेको सहकारीको कुल शेयर पूंजी १ करोड २२ लाख ९३ हजार ६ सय, कुल निक्षेप २ करोड ८३ लाख ४७ हजार ९ सय ४६,ऋण लगानी ३ करोड २६ लाख ३ हजार ९ सय ४८ र वासलात ४ करोड ५० लाख १३ हजार २ सय २ रुपैया पुगेको प्रतिवेदनमा उल्लेख छ ।
