पथरीशनिश्चरे, १५ कार्तिक । मोरङको पथरीमा सञ्चालन भएको प्रथम वडाध्यक्ष भेट्रान्स पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधि आयोजकले उचालेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा पथरी भेट्रान्सले उर्लाबारी भेट्रान्स विरुद्ध २-० गोल अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो।
पथरी वडा नं १ जाँते मोडस्थित पथरी रंगशालामा सम्पन्न भएको प्रतियोगिताको निर्धारित समयमा पथरी शनिश्चरे भेट्रान्सका विक्रम लिम्बूले एक्लैले दुई गोल गर्दै पथरीशनिश्चरेले उपाधि चुमेको हो।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ्ग राई , अखिल नेपाल फुटबल संघ मोरङका अध्यक्ष सञ्जीव बुढाथोकी पथरी शनिश्चरे भेट्टान्स फुटबल क्लबका अध्यक्ष टिकाराम राई सहितको हातबाट पुरस्कार वितरण गरिएको थियो। उक्त अवसरमा आयोजक पथरी शनिश्चरे भेट्रान्सले सहित नगद १ लाख १ हजार रूपैयाँ आफ्नो पोल्टामा राख्न सफल भएको छ भने उपविजेता उर्लाबारी भेट्रान्सले मेडल र ट्रफी सहित नगद ५५ हजार रूपैयाँ प्राप्त गरेका थिए।
सो समारोहमा भेट्रान्स अफ दि म्याच पथरिशनिश्चरे भेट्रान्सका बुद्ध चेम्जोङ घोषित भए भने बेष्ट गोलकिपरको टाईटल सोहि क्लबका राजेन्द्र धिमालले कब्जा गरे । त्यस्तै,प्लेयर अफ दि टुर्नामेन्ट पथरिशनिश्चरे भेट्रान्सका बिक्रम लिम्बू र सर्वाधिक गोल गर्नेमा उर्लाबारी भेट्रान्सका हाइ स्कोरर खेम पोख्रेल पुरस्कृत भए। विभिन्न विधामा खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरिएको आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका सचिव जोन सुब्बाले जानकारी दिए।
झापा र मोरङका विभिन्न आठवटा टिमले भाग लिएको सो प्रतियोगितामा गत कार्तिक ८ गतेदेखि सञ्चालन भएको थियो।