अस्पताल सहयोगार्थ चुलाचुलीमा समावेशी पुराण

चुलाचुली ,१५ कातिक । ईलामको चुलाचुलीमा सञ्चालित आधारभूत अस्पतालको सेवालाई दिगो बनाउन आवश्यक अक्षयकोष जुटाउने उद्धेश्यले सप्ताहव्यापी बहुधार्मिक समावेशी महायज्ञ आयोजना गर्ने भएको छ ।
चुलाचुली गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पताललाई थप स्तरनन्ति गरि गुणस्तरिय स्वास्थ्य सेवा पुरयाँउन उपलव्ध गराउन यहि कार्तिक २६ देखि मसिंर ३ गते श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ २०८१ आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले बताए । महायज्ञको तयारीका बारेमा बुधबार पत्रकार सम्मेलन गरि आयोजक समितिले त्यस्तो जानकारी दिएको हे ।
२०७७-०७८ देखि निर्माण शुरु भई गत आर्थिक बर्षमानै अस्पतालको भौतिक पूर्वाधार निर्माणले पूर्णता पाएको भएपनि अस्पताल सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चितताका लागि अक्षयकोष बनाउने उद्देश्य समेत राखेर बहुधार्मिक प्रवचनसहितको महायज्ञ आयोजना गरिएको उनले जानकारी दिए ।
उनका अनुसार चुलाचुली गाउँपालिका वडा नं २ बाह्रगोठेमा निर्माण गरिएको अस्पतालको सेवा शुभारम्भ समेत गर्ने योजनासहित ज्ञान यज्ञ आयोजना गर्न लागिएको छ । अस्पतालको सेवा शुभारम्भ कार्यक्रममा संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यता र प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङको विशेष आतिथ्यता रहने छ ।
मूल पुराण आयोजक समितिका सचिव विवश बलिभद्र कोइरालाले ज्ञानयज्ञमा श्रीमदभागवत कथा, पाठपारायणसँगै नियमित रुपमा भजन किर्तन, चर्चित धार्मिक प्रवचक राधिका दासी र ओमनन्द तथा लामा गुरुहरु लगायतबाट आलोपालो फरक फरक दिन पारेर धार्मिक प्रवचन सुनाउने गरि व्यवस्था मिलाइएको जानकारी दिए । विभिन्न जातजाति, भाषाभाषी र धर्मानुरागीहरुको समीश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सद्भाव र एकताको सन्देश दिनका लागि पनि यो महायज्ञले थप योगदान दिने विश्वास लिईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले चुलाचुली आधारभुत अस्पतालको सेवालाई २४ सै घण्टा सञ्चालन गरि नागरिकहरुमा प्रसुति सेवासहित अन्य विशेषज्ञ डाक्टरहरुको सेवा प्रदान गर्ने हेतुले अस्पताल सञ्चालनार्थ छुट्टै अक्षयकोष निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष केरुङले बताए ।
पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बू, प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बूसहित वडाध्यक्षहरु बबिनकुमार राई, लक्ष्मण श्रेष्ठ लगायत कार्यपालिका सदस्यहरु पुराण आयोजक समितिका जनक कोइराला लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.