पेट्रोल र डिजेलमा प्रतिलिटर तीन रुपियाँ बृद्धि

झापा,१२ कात्तिक । नेपाल आयाल निगमले पेट्रोल र डिजेलको भाउमा प्रति लिटर तीन रुपैयाँ बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै स्वचालित प्रणाली अन्तर्गत मूल्य वृद्धि गरिएको जनाएको छ । त्यस्तै हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपियाँ वृद्धि भएको छ ।
नयाँ मूल्य सूचि अनुरुप पेट्रोल प्रतिलिटर १३३, डिजेल ११६ र एलपी ग्यास प्रतिसिलिण्डर १५सय रुपियाँ पुगेको निमगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.