प्रथम वडाध्यक्ष भेट्रान्स पथरीशनिश्चरे गोल्डकप : उर्लाबारी भेट्टान्स फाइनलमा प्रवेश

-छविराज ढकाल
पथरीशनिश्चरे, १२ कार्तिक । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगितामा उर्लाबारी भेट्रान्स फाइनलमा प्रवेश गरेको छ।
उर्लाबारी भेट्रान्सले विराटचोक भेट्रान्सलाई १ का विरुद्ध ४ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो। आजको पहिलो सेमिफाइनल प्रतियोगिताको निर्धारित समयको २ मिनेटमै उर्लाबारी भेट्रान्सका खेम पोखरेलले आफ्नो टिमका लागि १ गोल गर्दै खाता खोले भने उनैले २६ औँ मिनेटमा अर्को गोल थाप्दै आफ्नो टिमलाई २-० गोलको अन्तरमा अग्रता दिलाए। दुई मिनेटमा नबित्तिकै विराट भेट्रान्सका सुरज प्रधानले विपक्षी गोलकिपरलाई झुक्काएर प्रहार गरेको भकुन्डोले जाली चुम्दै २-१ को अन्तरमा घटाएका थिए।
पुनस् खेलको निर्धारित समयको ४६ औँ मिनेटमा विपक्षी विराट भेटन्स विरुद्ध पुनस् अर्को गोल गर्दै उर्लावारी भेट्रान्सका खेम पोख्रेल ह्याट्रिक गर्न सफल भए भने सोही टिमका सन्तोष राईले ५८ औं मिनेटमा अर्को गोल थपी आफ्नो टिमको गोल स्कोरलाई ४(१ गोल अन्तरमा पुर्याउन सफल भएका थिए। आजको खेलको भेट्रान्स अफ दि म्याचबाट खेम पोखरेल घोषित भए।
उनलाई अखिल नेपाल फुटबल संघका मोरङ अध्यक्ष सन्जीव बुढाथोकी, पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारीप्रसाद आचार्य, पथरी शनिश्चरे नगरपालिकाका खेलकुद विकास समितिका संयोजक दीपक राई लगायत अतिथिहरूको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्व प्रदिप कुमार राई र आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका अध्यक्ष टिकाराम राईले संयुक्त रुपमा नगदसहित मेडल प्रदान गरे ।
भोलिको दोस्रो सेमिफाइनल खेल आयोजक पथरी शनिश्चरे भेट्रान्स भर्सेज सतिसाले भेट्रान्स केराबारी बीच हुने आयोजकले जनाएको छ।
स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबले सो प्रतियोगिता आयोजना गरिएको पथरी शनिश्चरे भेट्रान्स एफसीका सचिव जोन सुब्बाले बताए।

Leave a Reply

Your email address will not be published.