चुम्लुङ झापाको विभिन्न निर्णय ,सचिवालय समिति गठन

झापा ,१२ कार्तिक । किरात याक्थुङ चुम्लुङ झापा शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।
विर्तामोड–१ स्थित जिल्ला चुम्लुङहिममा शनिवार सम्पन्न बैठकले चुम्लुङको कामकाजलाई थप प्रभावकारी बनाउन सचिवालय समिति गठन लगायतका निर्णय गरिएको चुम्लुङ जिल्ला सहसचिब कबिन्द्र बिक्रम नेम्बाङले बताए ।
चुम्लुङ झापाका नवनिर्वाचित अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा बसेको बैठकले नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरिएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष–२ जना, सचिव सह सचिव–२ जना, कोषाध्यक्ष र दुई जना सदस्यहरू धर्म लक्सम्बा र मणिकुमार लिम्बू (गौरव) रहने गरि सचिवालय तोकिएको छ ।
यसैगरि गत असोज १२ गते सम्पन्न ११ औं जिल्ला निर्वाचन कार्यक्रमबाट निर्वाचित समितिको पहिलो बैठकले
जिल्ला कार्यसमितिमा प्रतिनिधित्व नभएका शाखाहरू अर्जुनधारा, हल्दिवारी, कनकाई, गौरादहबाट १- १ जना महिला सदस्य मनोनित गर्नेगरि सिफारिस गरिने र झापा गाउँ शाखाबाट रेनुकला राई शेर्मालाई सदस्यमा बिधान अनुसार मनोनित गर्ने निर्णय गरिएको जनाइएको छ ।
बैठकले राष्ट्रिय चुम्लुङ सदस्यमा चन्द्रकुमार इङ्वारम (मेचीनगर ), शर्मिला आङदेम्बे ( भद्रपुर ) र नरेनहाङ् लिम्बू (कमल)बाट गरि प्रतिनिधित्व हुने गरि मनोनित गर्ने निर्णय समेत गरिएको अध्यक्ष फियाकले बताए ।
बैठकले बरवुझारथ अभिलेखिकरण गर्नुका साथै जिल्ला अधिवेशन सम्पन्न गर्न गराउन सहयोग पुर्याउने निर्वाचन समितिसहित गाउँ ,नगर शाखाका प्रतिनिधि ,सल्लाहकार ,प्रदेश तथा सङ्घिय सदस्य तथा सम्पूर्ण सदस्यहरु सबैलाई धन्यवाद दिने निर्णय गरिएको गरिएको छ ।
बैठकले चुम्लुङ विगठित कार्य समितिले बुझाएका नगद र जिन्सी नवगठित कार्यसमितिले बुझिलिएको अभिलेखिकरण गर्ने निर्णय गरिनुका साथै जिल्ला कार्यसमितिको मासिक बैठक प्रत्येक महिनाको ५ गते गते बस्ने निर्णय गरिएको जनाइएको छ । साथै २०८१ सालको तिहारको उपलक्ष्यमा जिल्लाको तर्फबाट नाम्लिङगे लारिङगे खेल्ने निर्णय गरिएको अध्यक्ष फियाकले बताए ।
यसैगरि समयावधी पुगिसकेका नगर र गाउँ शाखाहरुलाई यथाशिघ्र अधिवेशन सम्पन्न गर्ने निर्देशन दिनुका साथै गठन नभएका गाउँपालिका कचनकवल र गौरीगञ्ज गाउँपालिकामा चुम्लुङ गठन गर्न जिल्ला सदस्यरूलाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ् । जसअनुसार कचनकवल गाउँपालिका जिल्ला सदस्यमा बिकेन्द्र मेन्याङ्वो र भद्रपुर नगर शाखा सचिव नरदिप योङहाङलाई जिम्मेवारी प्रदान गर्ने र गौरीगञ्ज गाउँ पालिकामा चुम्लुङ गठन गर्न उपाध्यक्ष दिव्यकला थेवे, सदस्य धर्म लक्सम्बा र सूर्य लिम्बूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको सचिव भिममाया नेम्बाङले बताइन् ।

Leave a Reply

Your email address will not be published.