गौरादह र दमकमा दुर्घटना – एक जनाको मृत्यु, दुई घाईते

दमक,११ कार्तिक । झापाको गौरादह १ स्थित भित्री पक्की सडकमा भएको सवारी दुर्घटना परेर एक जनाको ज्यान गएको छ । सो सडकको दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ७६८७ नम्बरको ट्याक्टरबाट लडेर कन्काई नगरपालिका ६ का ४० बर्षिय गंगा बहादुर तामाङको ज्यान गएको हो ।
गएराती करिब ८ बजे भएको सो दुर्घटनाका घाइते तामाङको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गौरादहले जनाएको छ । ट्रयाक्टर चालक डम्बर बहादुर कार्कीलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमकमा मे ७ प ७०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जादैं गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी ७ का ६५ बर्षिय अम्बिका अधिकारी र पछाडी सवार ६३ बर्षिय कृष्णप्रसाद गौतम घाईते भएका र उनीहरुको लाइफलाइन अस्पतालमा उपचार भइरहेको जनाईएको छ । सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.