देउसी खेल्न गएकी बालिका बेपत्ता

 दमक, ८ कार्तिक । एक साताको अवधिमा झापामा दुई बालिका वेपत्ता भएकी छन् । तिहारमा देउसी खेल्न गएकी झापा दमककी बालिका र जिल्लाकै झापा गाँउपालिकाकी एक बालिका गत कार्तिक ५ गते हराएकी एक बालिकाको अवस्था अझै पत्तो लाग्न सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज ६ गते साँझ ६ः३० बजे दमक नगरपालिका वडा न. ४ तारावारी बस्ने केशव परियारकी छोरी बर्ष १४ की करुना परियार देउसी खेल्न जान्छु भनी घरबाट हिडेकी र हालसम्म घर फर्किएकी छैनन् ।
बालिका हालसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएको छ । आफ्ना आफन्त, साथीहरु समेतमा समेत खोजतलास गर्दा फेला नपरेपछि उनकी आमा कल्पनाले इलाका प्रहरी कार्यालय दमकमा हुलियासहितको निवेदन दिएकी छन् । हराएकी बालिकाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, तिहारका समयमा गत असोज ५ गते विहान ११ वजेतिर झापा गाउँपालिका वडा न.७ मदरगाछ बस्ने श्याम चक्रवर्तीकी छोरी बर्ष १७ की पुजा चक्रवतीको समेत अवस्था अझै पत्तो लाग्न सकेको छैंन् ।
घरमा विना जानकारी छोरी एकाएक लापत्ता भएपछि परिवारजनले खोजतलास गरेपनि भेटन नसकिएको जनाएको छ । पीडित परिवारले हराएकी छोरीको खोजतलासका लागि शुक्रबार प्रहरी चौकी शरणामतिमा हुलियासहितको निवेदन दिएका छन् ।

१४ वर्षीया आयुषा सम्पर्कविहिन

उर्लाबारी नगरपालिका–३ मङ्गलबारेकी १४ बर्षिया आयुषा धिमाल सम्पर्कविहिन भएकी छन्। उनका परिवारका अनुसार आयुषा केही दिनअघि कानेपोखरी–५ दुम्रीघाटस्थित मामाघर गएकी थिइन्।

उनी कार्तिक ७ गते (शुक्रबार) दिउँसो करिब २ बजे मामाघरबाट उर्लाबारीतर्फ घर फर्किएकी थिइन् तर साँझसम्म नआएपछि परिवार अत्यन्तै चिन्तित बनेका छन्। परिवारका सदस्यले बताएअनुसार, “आयुषा घर फर्किएकी थिइन् भन्ने जानकारी पाएका थियौं, तर उनी अहिलेसम्म नआएपछि आफन्त र साथीभाइसँग खोजतलास गरिरहेका छौं।” हाल स्थानीयवासी र प्रहरी समेत उनको खोजी कार्यमा सक्रिय छन्।

Leave a Reply

Your email address will not be published.