सर्पको डसाइबाट बालकको मृत्यु

दमक, ८ कार्तिक । सर्पको डसाईबाट झापाको शिवसताक्षीमा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका ५ बर्षिय छोरा सक्षम तामाङ रहेका छन् ।

घरनजिकैको बाँस झ्याङ नजिक खेलिरहेको अबस्थामा उनलाई बाया खुटटामा विषालु गोमन सर्पले टोकेको थियो । खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो ।

बालक खेलेको ठाउँनजिकै गोमन सर्प फेला परेपछि सर्पले डसेको शंका गरिएको थियो । शुक्रवार साँझ ५ बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लाने क्रममा ती बालकको बाटोमा नै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.