केर्खामा अखिलको रक्तदान

कमल,७ कार्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) कमल गाउँ कमिटीले आइतवार आयोजना गरेको रक्तदानमा ३० पिन्ट रगत संकलन भएको छ ।
केर्खामा भएको रक्तदानमा २५ जना पुरुष र ५ जना महिला गरी ३० जनाले रक्तदान गरेको अनेरास्ववियू कमलका अध्यक्ष आदर्श सिग्देलले जानकारी दिए । रक्तदान नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुनिता बराल लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.