दमक ५ मा गठबन्धनको निर्वाचन परिचालन समिति

दमक , ६ कार्तिक । झापा क्षेत्र न. ५ मा सत्ता गठबन्धनले वडास्तरीय कार्यालय खोलेर चुनावी प्रचारलाई तिब्रता दिएको छ । शनिवार दमक- ५ मा नेपाली काँग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, माओवादी केन्द्रका नबिन सेडाई, एकिकृत समाजवादीका हरि नेपाल लगायतले प्रचार कार्यालयको सम्यूक्त उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटनसँगै दमक -५ मा निर्वाचन परिचालन समिति र विभिन्न उपसमिति समेत गठन भएको बताइएको छ । निर्वाचन परिचालन समितिमा रुद्रप्रसाद गौतम संयोजक रहेका छन् भने उपसंयोजकमा एकराज केसी र हरि नेपाल रहेका छन् । यसैगरि विन्दू सिटौला संयोजक रहेको आर्थिक उपसमिति निर्माण गरिएको छ भने प्रचार प्रसार, सम्पर्क लगायत विभिन्न उपसमिति निर्माण गरिएको र सबै समितिमा कार्य विभाजन गरि प्रचारलाई अघि बढाइएको निर्वाचन परिचालन समितिका संयोजक गौतमले जानकारी दिएका छन् ।
अध्यक्ष गौतमका अनुसार उम्मेदवारहरुले वडामा कार्यक्रम लिएर आउँदा सम्पर्क कार्यालयको रुटिङ अनुसार आउने र वडाका विभिन्न टोलहरुमा पनि सम्पर्क कार्यालयको प्रचार कार्यतालिका अनुसार नै जाने योजना तय भएको छ ।

Leave a Reply

Your email address will not be published.