दमक,४ कार्तिक । निर्वाचनलाई लक्षित गर्दै अफवाह फैलाउँने र भ्रामक समाचार सम्प्रेषण गर्ने दुई वटा मिडियालाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । निर्वाचन आचार संहिता पालना नगर्ने र उम्मेदवार विरुद्ध पूर्वाग्रह राखेर प्रतिसोध साँध्ने प्रेस काउन्सिलमा सूचिकरण नभएका दुई वटा सञ्चारमाध्यमलाई प्रशारणमा रोक लगाउने निर्याय गरिएको काउन्सिलले जनाएको छ ।
झापाको क्षेत्र न.५ प्रदेश सभा (ख ) का उम्मेदवार गगन पुरीलाई लक्षित गरी कन्काई खबर अनलाइनले दुई दिन अघि भ्रामक समाचार र भिडियो संम्प्रेषण गरेको थियो । त्यससंगै पोलिटिक्स अनलाईनलाई समेत तथ्य हिन र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले प्रशारणमा रोक लगाएको उल्लेख छ ।