बिर्तामोडबाट ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, कार्तिक । झापा ,बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् ।
हिजो बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउनसुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
यसैगरि, सोमबार विहाननै मोरङ बिराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका १० का २१ बर्षीय बिरेन खवास रहेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई विहान ९ वजेतिर लागूऔषध ऐभिल ८ ऐम्पुल, लुपिजेसिक ८ ऐम्पुल, फेनारागन ६ ऐम्पुल र डाईजोल्याप ६ ऐम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ

Leave a Reply

Your email address will not be published.