हात्तीलाई थापेको करेन्ट लागेर झापामा महिलाको मृत्यु

झापा ,१ कार्तिक । जंगली हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापाको भद्रपुरमा आज विहान एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज सोमबार बिहान ८ बजे तिर भद्रपुर १० स्थित केन्द्रमोड बस्ने शिव पौरियाकी ५४ बर्षिया श्रीमती कल्पना राई पौरियाको मृत्यु भएको हो। आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published.