दमक, ३१ असोज । दमकको वेलडाँगी रोडमा मुख्य कार्यालय रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।दमक उद्योग वाणिज्य संघको सभाहलमा बुधबार साधारणसभा गरि सेवा केन्द्रहरुको इकाईगत निर्णयहरु एकीकरण तथा माइन्यूट प्रमाणीकरण संगै उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष दीपक खरेलको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको सभामा उत्कृष्ट बाल बचततर्फ एरिका साह र मनिषा गिरीलाई स्कुल ब्यागसहित स्टेशनगरी सामाग्रीहरु प्रदान गरिएको थियो । संस्थामा बचततर्फ उत्कृष्ट कारोबार गर्नेहरु टीकाप्रसाद खनाल, सुनिलकुमार अग्रवाल, टंकबहादुर राना मगर र गोविन्द पराजुलीलाई दोसल्ला ओढाएर सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
त्यसैगरी, संस्थामा नियमित रुपमा मासिक बचत गर्नेहरुबाट उत्कृष्ट बचतकर्ताहरु सीता शेर्मा, पुष्पराज बिष्ट, मञ्जु मेखक लिम्बूलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित प्रदान गरिएको थियो ।यस्तै, उत्कृष्ठ ऋणीतर्फ मनबहादुर राउत, विजयता माझी र हिमाकुमारी गड्तौला कार्कीलाई सम्मान गरिएको थियो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खरेलले सञ्चालक समितिका तर्फवाट अध्यक्षको बार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक ताराप्रसाद अधिकारीले लेखा प्रतिवेदन पेश गरेका थिए । ती दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
दमक–५ मा केन्द्रीय कार्यालयसहित संस्थाले झापाको बुधबारे, बिर्तामोड, सुरुङ्गा र मोरङको उर्लाबारीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।असोज २६ गते बुधबारे सेवा केन्द्रबाट शुरु भएको इकाईगत साधारणसभा २७ गते सुरुङा, २८ गते विर्तामोडमा , २९ गते उर्लावारीमा र ३० असोजमा दमकको इकाईगतसहित प्रमाणीकरण सभा औपचारिक रुपमा सम्पन्न भएको सहव्यवस्थापक धर्मानन्द भट्टराईले जानकारी दिए ।
चारवटा सेवा केन्द्रहरुबाट सङ्कलन गरिएको सल्लाह, सुझाव र जिज्ञासासहित निर्णयहरुलाई एकीकरण गरी वार्षिक साधारणसभाको समापनमा एकीकरण गर्दै माइन्यूट प्रमाणिकरण गरिएको सहव्यवस्थापक भट्टराईले बताए ।
सभामा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, मेनेजर क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तैं, सो सभामा राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ फिल्ड कार्यालय दमकका पवन घिमिरे, यामजी श्रेष्ठ, राजकुमार न्यौपाने, एकराज प्याकुरेल, सुवासचन्द्र गड्तौला लगायतको उपस्थिति थियो ।
संस्थाका व्यवस्थापक युवराज सिग्देलले सञ्चालन गरेको सभामा संस्थाका सचिव ज्ञाननाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए ।